PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पार्टीमा कोही पनि सर्वोच्च छैन, विधि मिच्नेलाई साइड लगाउनुपर्छः माधव नेपाल



राधेश्याम पटेल

पार्टीमा कोही पनि सर्वोच्च छैन, विधि मिच्नेलाई साइड लगाउनुपर्छः माधव नेपाल

वीरगंजः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विधि मिच्नेलाई साइड लगाउनुपर्ने बताएका छन्। निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले यस्तो धारणा राखेका हुन्।

भवन उद्घाटनपछि मन्तव्य राख्दै नेपालले भने, 'पार्टीमा कोही पनि सर्वोच्च हुँदैन। पार्टी विधिमा चल्नुपर्छ र विधि नमान्ने जो-कोहीलाई पनि पार्टीभित्र ठाउँ दिनुहुन्न।'

उनले कर्मचारीप्रति नागरिकमा फैलिएको विकृतिलाई हटाउन कर्मचारीहरूले इमानदारीसाथ काम गर्नुपर्ने बताए। उनले सामाजिक न्यायको सिद्धान्तमा देशलाई समृद्धितर्फ डोहोर्‍याउनुपर्ने बताए। नेपालले बलात्कारी, भ्रस्ट्राचारी जो-कोहीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने सरकारको नीति र नैतिकता हुनुपर्ने बताए।

निर्माण क्षेत्रको कामलाई प्रभावकारी बनाउन ठेकेदारहरूलाई काम गरेपछि मात्र भुक्तानी दिने प्रणाली लागू गर्नुपर्ने उनको भनाई छ। कर्मचारीको सरूवा व्यवस्थापन गर्न आधुनिक किसिमको सङ्घीय निजामती ऐन ल्याउनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell