PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

भारतमा भन्दा नेपालमा डिजेल सस्तो, बढ्यो अवैध निकासी



रासस

भारतमा भन्दा नेपालमा डिजेल सस्तो, बढ्यो अवैध निकासी

विराटनगर : भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ। विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन्।

नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो। हिजोआज नेपालको सिमावर्ती क्षेत्रका विभिन्न पेट्रोलपम्पमा डिजेल किन्नेको भीड लाग्ने गरेको छ।

नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर ८७ रुपैयाँमा बिक्री भइरहेको छ। भारतीय बजारको तुलनामा नेपालमा डिजेल प्रतिलिटर १० रुपैयाँ सस्तो पर्छ। एउटा मोटरसाइकलमा चार वटासम्म ग्यालनमा डिजेल खरिद गरेर लुकीछिपी भारतीय बजारमा बेच्ने गरेको सूचना प्राप्त गरेपछि चोरी निकासी हुने स्थानमा प्रहरीले कडाइ गर्न थालेको छ।

सोही सन्दर्भमा मोरङ प्रहरीले बुधवार बिहान विराटनगर महानगरपालिका-११ स्थित केशलिया नहर छेउमा ४३० लिटर डिजेल बरामद गरेको छ। भन्सार छलेर डिजेल नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका–६ का २५ वर्षीय शत्रुधन साह, सोही ठाउँका ३० वर्षीया नजाम खान र ५० वर्षीय अकवाल मियाँलाई तीन वटा मोटरसाइकलसहित पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell