PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पर्यटनमन्त्रीले गरे आफ्नो निर्वाचन क्षेत्रका १५ सय बढी विपन्न नागरिकको कोरोना बीमा



रासस

पर्यटनमन्त्रीले गरे आफ्नो निर्वाचन क्षेत्रका १५ सय बढी विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको एक लाख रुपैयाँ निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन्।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३०० जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गरेका उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए।

साथै, पर्यटनमन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका एक हजार २७६ जनाको कोरोना बीमा गरिदिएका छन्। मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कूल एक हजार ५७६ जना व्यक्तिको कोरोना बीमा गरेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell