PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेललाई पनि कोरोना संक्रमण



पहिलोपोस्ट

दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेललाई पनि कोरोना संक्रमण

काठमाडौं : नेपाली क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी र अलराउन्डर रोहित कुमार पौडेललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। कप्तान ज्ञानेन्द्र मल्लसँगै ऐरी र पौडेललाई पनि कोरोना संक्रमण भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। उनीहरुसँगै कर्मचारी प्रदीप लामासमेत संक्रमित पाइएका छन्।

भोलीबाट सुरु हुने राष्ट्रिय टिमको प्रशिक्षणका लागि मंगलवार खेलाडीहरुको स्वाब लिइएको थियो।

सामाजिक सञ्जालमार्फत कप्तान मल्लले आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन्।

‘उच्च सुरक्षा अपनाउँदा अपनाउँदै मलाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो हप्ता मसँग क्लोज कन्ट्याक्टमा आउनुहुने ब्यक्तिहरुलाई विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको प्रोटोकल फलो गर्न आग्रह गर्दछु।’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई कुनै पनि लक्षण देखिएको छैन र म फिट छु।’

Dear All, Despite opting maximum safety measures, I have been tested Covid-19 positive. I would like to request all the...

Posted by Gyanendra Malla on Wednesday, November 25, 2020

त्यस्तै उपकप्तान ऐरीले पनि सामाजिक सञ्जालमार्फत आफूमा कोभिड पोजिटिभ पाइएको तर कुनै लक्षण नदेखिएको जनाएका छन्। त्यस्तै उनले आफू होम आईसोलेसनमा रहेको जानकारी दिँदै आफ्नो क्लोज कन्ट्याक्टमा आएकाहरुलाई स्वास्थ्य प्रोटोकल फलो गर्न आग्रह गरेका छन्।

Dear all, There's no doubt that I tried my best to adopt all the safety measures and precautions against COVID-19. But...

Posted by Rohit Kumar Paudel on Wednesday, November 25, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell