PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

पूर्व युवराज पारस शाह अस्वस्थ, छातीमा देखियो समस्या



रासस

पूर्व युवराज पारस शाह अस्वस्थ, छातीमा देखियो समस्या
फाइल फोटो।

चितवन : पूर्व युवराज पारस शाहको छातीमा समस्या देखिएको छ। नारायणगढस्थित एक होटलमा मंगलवार साँझ आएर बसेका शाहलाई बुधवार साँझबाट छातीमा समस्या देखिएको हो।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ। रेग्मीका अनुसार उनलाई होटलमै इसीजी गरिँदै छ। यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए।

रेग्मीले भने, ‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसीजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ। उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।’

इसीजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।

रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell