PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दश खेलाडीमा सीमित इन्टर मिलानमाथि रियल मड्रिडको जित



पहिलोपोस्ट

दश खेलाडीमा सीमित इन्टर मिलानमाथि रियल मड्रिडको जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह समूह बी को खेलमा रियल मड्रिडले इन्टर मिलानमाथि जित निकालेको छ। सन सिरो स्टेडियममा भएको खेलमा मड्रिडले घरेलु टोलीमाथि २-० को जित निकालेको हो।

मड्रिडले खेलको ७ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता बनाएको थियो। मड्रिडलाई इडेन हजार्डले अग्रता दिलाएका थिए। खेलको ३३ औं मिनेटमा आर्टुरो भिडाल दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा मिलान १० खेलाडीमा सीमित भएको थियो। पेनाल्टीको लागि दाबी गरिरहँदा उनले रेड कार्ड खाँदै बाहिरिए। पहिलो हाफमा मड्रिड १ गोलले अघि रह्यो। त्यस्तै ५९ मिनेटमा इन्टरका एचरफ हाकिमीले आत्मघाती गोल गर्न पुगे। र रियलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै भएको समूह बी को अर्को खेलमा मोन्छेनग्लाडबाखले सख्तर डोनेट्स्कलाई ४-० ले हरायो।

यो सँगै समूह बी मा ४ खेलबाट ८ अंक जोडेको ग्लाडबाख शीर्षस्थानमा छ भने समान खेलबाट ७ अंक जोडेको रियल दोस्रो, ४ अंक जोडेक सख्तर तेस्रो र २ अंक बनाएको इन्टरमिलान तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell