PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दाङमा गोली लागेको अबस्था एक पुरुष फेला, गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै



पहिलोपोस्ट

दाङमा गोली लागेको अबस्था एक पुरुष फेला, गोली कसरी लाग्यो भन्ने अनुसन्धान हुँदै
फाइल फोटो

काठमाडौंः दाङमा एक पुरुष गोली लागेको अस्थामा फेला परेका छन्। बुधवार राति तुलसीपुर उपनगरपालिका वडा नम्वर १३ बराहाखुटीका ४४ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए।

'शरिरमा गोली लागेको छ। उपचार भइरहेकाले धेरै अनुसन्धान हुन पाएको छैन। हामी अनुसन्धान गरिरहेका छौं।' एसपी चन्दले भने।

पौडेल राति पूर्वपश्चिम राजमार्गमा पर्ने दाङको लमही  नगरपालिकाको च्याउ खोलामा घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको थियो। तर त्यहाँ उपचार नभएपछि भारतको लखनउ लगिएको एसपी चन्दले बताए। पौडेलको शरिरमा पाँच वटा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डिएसपीको कमाण्डमा टोली बनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell