PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा बेपत्ता मध्ये दुई जनाको शब फेला



पहिलोपोस्ट

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा बेपत्ता मध्ये दुई जनाको शब फेला

काठमाडौं : प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुन रोक्का रहेका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले बताए। मृतक केसी पिकअपका चालक हुन्। त्यस्तै एक जना बेपत्ता छन्।

इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु १ च ९७३१ नम्बरको गाडी आज बिहान ५:३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको थियो। त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन्।

घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ।   

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell