PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

डिएगो म्यारोडोना: अर्जेन्टिनी लिजेन्डको करियर तस्बिरमा

डिएगो म्यारोडोना: अर्जेन्टिनी लिजेन्डको करियर तस्बिरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


फुटबलका लिजेन्ट डिएगो म्यारोडोनाको हिँजो निधन भयो। म्यारोडोना जसको फुटबल मैदानमा 'जिनियस' छवि रह्यो भने मैदान बाहिर विवादस्पद पनि।

गृहमैदानबाट सफलता हातपार्दै क्लब करियर र विश्वकपमा सफल भएका उनलाई लागुपदार्थको नसाले त्यतिनै विवादास्पद बनायो।

तस्बिरमा उनको जीवनकाल

म्यारोडोनाले सन् १९८२ को स्पेनमा भएको विश्वकपमा फाइनल खेल्दै। यद्यपि उनले आफ्नो प्रभाव भने त्यसको ४ वर्षपछि देखाएका थिए।
इङ्ग्ल्याण्डका गोलकिपर पिटर सेल्टनसँग १९८६ को मेक्सिकोमा भएको विश्वकपको क्वाटरफाइनल अघि हात मिलाउँदै
इङ्ग्ल्याण्डविरुद्धको त्यो 'हेन्ड अफ गड'
सन् १९८६ मा भएको विश्वकपमा उनी प्लेयर अफ दी टुर्नामेन्ट भएका थिए
इटालियन क्लब नापोलीमा उनी आइकन खेलाडीका रुपमा थिए जहाँ नापोलीले सन् १९८९ मा युईएफए कप र दुईवटा लिग टाइटल जितेको थियो। त्यहाँ उनको सम्मानका १० नम्बर जर्सी रिटायर गराइएको थियो।
सन् २००१ मा म्यारोडोना। त्यतिबेला उनी ड्रगको लत र फिटनेसको समस्यासँग जुधिरहेका थिए।
म्यारोडोना अर्जेन्टिनाको प्रशिक्षक थिए। त्यतिबेला सन् २०१० को विश्वकप क्वाटरफाइनलमा जर्मनीसँग ४-० ले पराजित हुँदै बाहिरिएको थियो
सन् २०१८ को रसिया विश्वकपमा ब्यानरमा आफ्नै तस्बिर राखेर अर्जेन्टिना र नाइजेरियाबीच को खेलमा पोज दिँदै म्यारोडोना


ट्रेन्डिङ पोस्ट

Ncell