PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

क्रिकेटको आजबाट बन्द प्रशिक्षण सुरु



पहिलोपोस्ट

क्रिकेटको आजबाट बन्द प्रशिक्षण सुरु

काठमाडौं: कोभिड—१९ का कारण ठप्प रहेको नेपालको  क्रिकेटको ९ महिनापछि प्रशिक्षण सुरु भएको छ।

कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको हो।

प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ। सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाइएकोमा नेपाल क्रिकेट संघ (क्यान)ले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ।

यद्यपि, कप्तान ज्ञानेन्द्र मल्ल सहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएनन्। कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले हाल उनीहरु सेल्फ आइसोलेसनमा छन्।

मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो। विक्रम शोब, अनिल शाह, कुशल भुर्तेल, रित गौतम, र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell