PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पारितिर भारतको फराकिलो सडक, हेर्नुस् वारि नेपालतिर भने हिँड्न पनि छैन बाटो

पारितिर भारतको फराकिलो सडक, हेर्नुस् वारि नेपालतिर भने हिँड्न पनि छैन बाटो

कमलराज भट्ट/पहिलोपोस्ट


नेपालको विरोधका बीच भारतले नेपाली भूमि कालापानी हुँदै धारचुला-लिपुलेक सडक निर्माण गरिरहेको छ।

धारचुलादेखि १ सय १४ किलोमिटर र तौवाघाटदेखि ९८ किलोमिटर रहेको बाटोलाई भारतले बर्तीघाट (नेपालको सुनसेरा)सम्म कालोपत्रे गरिसकेको छ। घाँटी बगरभन्दा माथिसम्म दुई लेनकै बनिसकेको छ सडक। भारतले ट्र्याक त लिपुलेकसम्मै खोलिसकेको छ।

यो बाटोलाई नेपाली भूमि कालापानीबाट घुमाएर दुई लेन बनाउन थालेको खबर सार्वजनिक भएपछि मात्र सरकारले थाहा पायो, आफ्नो भूमिमा भारतले सडक बनाइरहेको छ। सरकारको मौनतालाई लिएर मिडियामा प्रश्न उठेपछि काठमाडौंको सडक तात्यो र युवाहरु सरकारविरोधी नारासहित उत्रिए। 

जनस्तरबाट दवाव आएपछि नेपाल सरकारले विरोध जनाउँदै काम रोक्न भारतलाई कुटनीतिक नोट पठाएको थियो। तर, भारतले दुई लेनको कामलाई निरन्तरता दिइरहेको छ। भारतको सडक फराकिलो पार्दा नेपाली सेनाले घाँटीबगरमा घोडेटो बनाउँदा पनि अवरोध खेप्नु परेको थियो। यद्यपि, सेनाले काम सकिसकेको छ।

भारतले बाटो दुई लेनको बनाउने र त्यसलाई कालोपत्रे गर्ने योजनालाई तीव्रताका साथ अघि बढाएको छ। कात्तिक अन्तिम साता छाङरुको अवलोकनमा जाँदा पहाडमा भारतले बनाइरहेको सडकको हेलिकोप्टरबाट लिइएको दृश्यहरु हेर्नुस् 

भारतले ब्लास्टिङ गरेर बाटो बनाउँदाको पहिरो। पहिरोले महाकाली नेपाली किनारातिर धकेलिएको छ जसले यतातिरको बाटो बगायो।
भारतले बनाएको बाटो।
भारततिरको बाटो।
घुम्ती नै घुम्तीको बाटो। यहाँबाट नै भारतीय सैनिकको सवारी ओहरदोहर गरिरहन्छ।
उत्तराखण्डको धार्चुलाभन्दा माथिको गाउँ हुँदै बनेको सडक।
उत्तराखण्डको गर्व्याङ गाउँ।
छाङ्गरुभन्दा पारीको भारतीय बाटो।
भारतमा सडक बनाउँदा सीमाको नदी मिचाइमा।
भारतीय बस्तीलाई यो बाटोले सहज बनाएको छ।
एसएसबी क्याम्प।
उकालोका लागि घुम्ती नै घुम्ती।


ट्रेन्डिङ पोस्ट

Ncell