PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

राष्ट्रसंघद्वारा बर्दिबास घटनाको निन्दा, दोषीलाई तत्काल कारवाही गर्न माग



पहिलोपोस्ट

राष्ट्रसंघद्वारा बर्दिबास घटनाको निन्दा, दोषीलाई तत्काल कारवाही गर्न माग

काठमाडौं : महोत्तरीको बर्दिबासमा भएको घटनाप्रति संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको छ। काठमाडौंस्थति राष्ट्रसंघको कार्यालयले बर्दिवासमा ६ वर्षीया बालिकामाथि बलात्कार र हत्या भएको घटना सञ्चार माध्यममा आएको भन्दै घटनाको निन्दा गरेको छ।

काठमाडौं कार्यालयले वक्तव्य जारी गर्दै घटनाको निष्पक्ष र तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा भएको सो घटनाले महिला तथा बालबालिका माथि हुने हिंसाविरुद्ध तत्काल गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखाएको वक्तव्यमा उल्लेख छ। उसले यस्ता घटना हुनासाथ कानुनी प्रक्रिया अपनाएर दोषीलाई उसको अपराध अनुसारको सजाय हुनुपर्ने माग गरेको छ।

वक्तव्यमा बालिकामाथि न्याय दिनेक्रममा नेपालमा सबै महिला तथा बालिकाहरुलाई हिंसाबाट जोगाउन कदम चाल्नुपर्ने समेत बताइएको छ। त्यस्तै, घटनाको विरोधमा भइरहेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनसमेत राष्ट्रसंघले आग्रह गरेको छ।

'प्रदर्शनकारी तथा प्रहरी प्रशासनलाई आफ्नो आवाज जिम्मेवारीपूर्ण तरिकाले उठाउन तथा थप घटना नघटोस् भन्ने ध्यान दिन आग्रह गर्दछौं,' वक्तव्यमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell