PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु गरिएको छ। छ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भोलि पनि भिटामिन ‘ए’ खुवाइने छ।

गत कात्तिक २ र ३ गतेको लागि तय भएको भिटामिन ‘ए’ खुवाउने कार्यक्रम दशैँका कारण अहिले खुवाउन लागिएको हो। यसअघि वैशाखको लागि तय भएको भिटामिन ‘ए’ कार्यक्रम कोरोनाका कारण गत असार २२ र २३ गतेको लागि सारिएको थियो।

देशभरका ७५३ स्थानीय तहका २७ लाख १८ हजार ४५९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागिएको हो। भिटामिन ‘ए’सँगै बालबालिकालाई जुकाको औषधि पनि खुवाउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell