PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश



पहिलोपोस्ट

सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौंः सर्वोच्च अदालतले बैंकिङ कसुरको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। कर्जा सुरक्षणका लागि राखिएको धितो लिलाम भइ बस्नेतउपर ऋण असुलीको मुद्दा समेत विचाराधीन रहेको अवस्थामा एक कसुरमा फरक फरक मुद्दा चलाइनु सैद्धान्तिक दृष्टिले उपयुक्त नरहेको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बस्नेतलाई तत्काल पक्राउ नगर्न भनेको हो।

अदालतले ठगी र बैंकिङ कसुरको अभियोगमा अनुसन्धान भइ ठगीमा कसुरदार ठहरेपछिसजाय भुक्तान गरिसकेको अवस्थामा पुनः सोही कसुरमा मुद्दा चलाइनु सैद्धान्तिक रुपमा नमिल्ने अदालतको आदेशमा उल्लेख छ। एकै कसुरमा व्यक्तिमाथि विभिन्न अदालतमा मुद्दा चलाउन र सजाय गर्न नमिल्ने आदेशमा उल्लेख छ।

अदालतले ऋण असुली न्यायाधीशकरणको मुद्दा अन्तिम किनारा नलागेसम्म बस्नेतलाई पक्राउ नगर्न आदेश गरेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell