PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा २०७ कोरोना संक्रमित थपिए : २०२ डिस्चार्ज, ३ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा २०७ कोरोना संक्रमित थपिए : २०२ डिस्चार्ज, ३ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३/३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २/२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान, कानेपोखरी र स्थानीय तह नखुलेका १/१ जना संक्रमित थपिएका छन्।

त्यस्तै, झापाको विर्तामोड र दमकमा १५/१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४/४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २/२, गौरादहमा १जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १/१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

यता इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ८२० जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २०७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा ९५ महिला र ११२ पुरुष रहेका छन्।

त्यसो त प्रदेश १ मा हालसम्म १ लाख ८७ हजार ८१८ जनाको परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज २०२ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३/३ जना डिस्चार्ज भएका हुन। यससँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ हजार ४९१  जना पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र प्रदेश १ कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। सुनसरीमा एक महिलासहित झापा र धनकुटामा १/१ जना संक्रमित पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ३६१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell