PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ का तीन मन्त्रालयले सीपमूलक तालिमलाई एकरुपता दिने



फूलमाया पुरी

प्रदेश १ का तीन मन्त्रालयले सीपमूलक तालिमलाई एकरुपता दिने

विराटनगर : प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीपमूलक तालिमलाई एकरुपता दिइने भएको छ। सीपमूलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरी मन्त्रालयबीच छलफल भएको छ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा बिहीवार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयबीच छलफल भएको छ। प्रदेश स्तरमा उद्यमशिलतासम्बन्धी तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरी तीनवटा मन्त्रालयबीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताए।

गौतमका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा तीनवटै मन्त्रालय, संघको सशर्त र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले तालिमका लागि करिब ३० करोड बजेट विनियोजन भएको छ।

‘कोरोना संक्रमणका कारण सबै तालिम सञ्चालन गर्न नसकिने र सञ्चालित तालिममा पनि दोहोरोपना हटाउन र पारदर्शीताका लागि छलफल शुरु गरिएको हो,’ गौतमले भने।

बिहीवारको छलफलबाट सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा तीनवटै मन्त्रालयको महाशाखा प्रमुख सदस्य रहने गरी कार्यदल गठन गरिएको छ। कार्यदललाई तालिम सञ्चालनको खाका तयार गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलको सुझाव अनुसार नीतिगत रुपमा कार्यक्रम सञ्चालनको मार्गदर्शन तयार गरिएको श्रम तथा रोजगार शाखाका अधिकृत गौतमको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell