PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

टोटेनहमको फराकिलो जित, भिनिसियसको दोहोरो गोल



पहिलोपोस्ट

टोटेनहमको फराकिलो जित, भिनिसियसको दोहोरो गोल

युरोपा लिग अन्तर्गत गएराति भएको समूह 'जे' को खेलमा टोटेनहम हट्सपरले लुडोगोरेट्समाथि सानदार जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ४-० को सानदार जित निकालेको हो।

खेलको १६ औं मिनेटमै कार्लोस भिनिसियसले डेले अलीको पासमा गोल गर्दै खेलमा अग्रता बनाए। उनले नै ३४ औं मिनेटमा दोस्रो गोल गर्दा पहिलो हाफमा टोटेनहम २ गोलले अघि रह्यो।

टोटेनहमका लागि ह्यारी विङ्क्स र लुकास मौराले क्रमश खेलको ६३ औं र ७३ औं मिनेटमा गोल गर्दा टोटेनहमले ४-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै टोटेनहम समूहको दोस्रो स्थानमा उक्लिएको छ। ४ खेलबाट समान ९ अंक बनाएका एन्टवेर्प र टोटेनहम क्रमश पहिलो र दोस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell