PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

माता तीर्थमा हत्या गरी फरार एक पुरुष सात वर्षपछि समातिए



पहिलोपोस्ट

माता तीर्थमा हत्या गरी फरार एक पुरुष सात वर्षपछि समातिए

काठमाडौंः प्रहरीले सातवर्ष अघि हत्या गरी फरार रहेका एक युवकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं  माता तीर्थ  बस्ने २८ वर्षीय विशाल तामाङलाई नियन्त्रणमा लिएको हो।

बिहीबार मकवानपुरको हेटौडा महानगरपालिका वडा नम्बर १८ फुल्केचौरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको परिसर डीएसपी प्रमेश विष्टले जानकारी दिए।

२०७० पुस २१ गते माता तीर्थ ६ बस्ने सानोकाजी तामाङ्गलाई उनको श्रीमती पूर्ण लक्ष्मी तामाङ र विशाल तामाङले हत्या गरेर फरार भएका थिए। उच्च अदालत ललितपुरले उनीहरुलाई २०७४ जेठ ३० गते १८ वर्ष ३ महिना १७ दिन कैद फैसाल सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell