PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गोरखा पुगेर पृथ्वीनारायण शाहलाई सम्झिए भारतीय विदेशसचिवले



पहिलोपोस्ट

गोरखा पुगेर पृथ्वीनारायण शाहलाई सम्झिए भारतीय विदेशसचिवले

काठमाडौं : भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले गोरखा पुगेर भारतीय सहयोगमा पुनर्निर्माण भएका तीन वटा विद्यालयको उद्घाटन गरेका छन्।

भारतीय सहयोगमा निर्माण भएका तारा माध्यामिक विद्यालय, महालक्ष्मी माध्यामिक विद्यालय र रत्नलक्ष्मी माध्यामिक विद्यालयको उद्घाटन गर्न श्रृङ्गला गोरखा पुगेका हुन्।

गोरखा पुगेका श्रृङ्गलाले राजा पृथ्वीनारायण शाहलाई सम्झिए। 'यो पृथ्वीनारायण शाहको भूमि हो। नेपालको एकीकरणको ऐतिहासिक भूमि हो। गोरखाका मानिसहरु संसारभर बहादुर रुपमा चिनिन्छन्,' उनले भने।

 

भारतीय सहयोगमा पुनर्निर्माण भएका विद्यालयबाट एक हजार ६०० विद्यार्थीहरु लाभावन्वित हुने उनले बताए। साथै ६ करोड नेपाली रुपैयाँको लागतमा ९ जिल्लामा १७ वटा विद्यालयको पुनर्निर्माण भइरहेको समेत उनले जानकारी दिए।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला भूकम्पले क्षति पुगेका ५० हजार घर पुनर्निर्माण गर्ने प्रतिवद्धता अनुरुप ४६ हजार बढी निर्माण भइसकेको भन्दै खुसी ब्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell