PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पोखरामा थप एक जना कोभिड १९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

पोखरामा थप एक जना कोभिड १९ संक्रमितको मृत्यु

काठमाडौंः पोखरामा कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका ७ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो। उनको आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

उनको मंसिर ८ गते कोभिड १९ संक्रमण पोजेटीभ पुष्टी भएको छ। अहिलेसम्म गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण भएका १ सय ४७ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell