PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा दुई शव फेला



रासस

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा दुई शव फेला

मकवानपुर : इन्द्रसरोवर गाउँपालिका-३ पापीखोल्सामा शुक्रवार बिहान एक शव फेला परेको छ। उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ।

यसैबीच, गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। इन्द्रसरोवर-१ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नम्बर ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। शव परीक्षणका लागि बिहीवार नै हेटौँडा ल्याइएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell