PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कसैले सोध्यो काठमाडौंमा यसपटक के फरक महसुस भयो ? श्रृङ्गलाको जवाफ फरक पनि उस्तै पनि



पहिलोपोस्ट

कसैले सोध्यो काठमाडौंमा यसपटक के फरक महसुस भयो ? श्रृङ्गलाको जवाफ फरक पनि उस्तै पनि

काठमाडौं :  बिहीवार काठमाडौंमा अवतरण गर्दै गर्दा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले भनेका थिए- 'म धेरै पटक काठमाडौं आएको छु। यसपटक पनि अगाडि नै आउन चाहन्थे कोभिड-१९ ले दिएन।'

उनले गोरखामा पुगेर पनि नेपालमा पहिले पनि आउने गरेको सम्झना गरे। काठमाडौंमा रहँदा हरेक मञ्चमा एउटै कुरा दोहर्‍याइरहे- काठमाडौं पहिले पनि आएको थिएँ।

कसैले उनलाई सोध्यो- अहिले आउँदा के फरक महसुस पाउनु भयो?  उनको जवाफ हो र होइन दुवै थियो।

शुक्रवार बिहान एसियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्समा आयोजित कार्यक्रममा प्रवचन दिन पुगेका उनले त्यहाँ पनि आफ्नो पुरानो भ्रमणलाई दोहोर्‍याए।

'मैले तपाईँको यो सुन्दर शहरको धेरैचोटी भ्रमण गरिसकेको छु। तर, विदेश सचिवकको रुपमा यो मेरो पहिलो भ्रमण हो। मलाई पहिले नै आउन मन थियो तर कोभिड-१९ ले गर्दा ढिलाई भयो।'

यतिबेला सम्म नेपालीमा सम्बोधन गरिरहेका उनले अंग्रेजीतिर स्वीच भए-  'म भन्न चाहन्छु कि यो अलौकिक काठमाडौं शहरमा दशकको अन्तरालपछि आएको छु। मलाई केही मानिसले सोधे यसपटक के फरक महसुस गर्नुभयो- उत्तर दुवै हो पनि होइन पनि।'

उनले यसअघि काठमाडौंमा मास्क लगाएर कहिल्यै नआएको बताए।

'फरक यसमानेमा कि म पहिला नेपालमा मास्क लगाएर भ्रमण गरेको थिइन। र, फरक पाइन। किन भने काठमाडौंको ध्वनी र अलौकिकता घटेको छैन्। बरु बढेर गएको छ,' उनले भने, 'आर्थिक र सामाजिक उन्नयन, निर्माणप्रतिको लगाव, युवाहरुको उद्यमशीलता प्रतिको उर्जा यो सबै प्रभावशाली छ। यो महामारीका प्रतिवन्धित समयमा पनि स्पष्ट रुपमा देखिएको छ। मैले भेटेका साथीहरुका हृदय र मुस्कानहरु तथा अपरिवर्तित रहन्छन्। यी हृदय र मुस्कानहरु तथा त्यस्ता भावनाहरु भारतमा पनि हामीले पनि पारस्परिक रुपमा प्रदान गरिने जस्तै हो कुनै परिवर्तित छैन।'

कार्यक्रममा उनले दुई देशका जनता- नेपाली जनता र भारतीय जनता- आफ्ना शक्ति भएको बताए। उनले भारतको सबका साथ सबका विकास सबका विश्वास र नेपालको समृद्ध नेपाल सुखी नेपाली एकजस्तै भएको बताए।

उनले पछिल्लो ६ वर्षमा भारतीय प्रधानमन्त्री मोदीले चार पटक नेपालको भ्रमण गरेको भारतमा सात पटक नेपाली प्रधानमन्त्रीलाई स्वागत गरिएको स्मरण गर्दै दुई देशबीच सरकार/राष्ट्रप्रमुखहरु १६ पटक भेट भएको बताए।

उनले भारतको नेपाल सँगको सम्बन्ध चार स्तम्भहरु- विकास साझेदार; बलियो सम्पर्क; विस्तारित पूर्वाधार तथा आर्थिक परियोजनाहरुमा अडिएको बताए।

'भारत आफैँमा नेपाललाई एउटा नजिकको विकास साझेदारको रुपमा हेर्छ। हामीले साझेदारी गर्ने विकास अनुभवहरु हाम्रा देशहरुमा सफल भएका छन्। किनकि वातावरण, सामाजिक आर्थिक चुनौतीहरु जस्ता हाम्रा समानताहरुबाट हामीले एक अर्काबाट सिकिरहेका छौं,' उनले भने।

उनले नेपाल र भारतका युवाहरु मिलेर प्रविधि तथा आविश्कारको युगमा फड्को मार्नसक्ने समेत बताए। उनले खेलले दिल्‍ली र काठमाडौंलाईसमेत जोडेको बताए। नेपाली युवा क्रिकेटरले आइपीएलको शोभा बढाएको र नेपाली युवा फुटबलरहरु भारतीय फुटबल लिगका गहनाहरु भएको उनले बताए।

'खेलकुदको यो मञ्चले हामीलाई एउटा सन्देश दिएको छ, चाहे हामी काठमाडौंमा छौँ वा दिल्लीमा,' उनले भने, 'यसलाई ध्यान दिएर सुनौं अनि निर्णायक रूपमा अघि बढौ। हामी नेपालका र भारतका भावी पुस्ताहरू प्रति जवाफदेही छौँ। घनिष्ठ मित्र र छिमेकीको रूपमा हामी सँगै काम गर्न आवश्यक छ। हामीले हाम्रो युवाहरूको आकांक्षा लाई पूरा गर्न आवश्यक छ। सशक्त सहकार्यमुखि भारत-नेपाल सम्बन्ध दुई देशका जनताहरुको हितमा छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell