PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

बागलुङ प्रहरीले दुई हप्ताको अवधिमा बरामद गर्‍यो ३८ थान अवैध भरुवा बन्दुक



रासस

बागलुङ प्रहरीले दुई हप्ताको अवधिमा बरामद गर्‍यो ३८ थान अवैध भरुवा बन्दुक
फोटो : जिल्ला प्रहरी कार्यालय, बागलुङ।

बलेवा : जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो।

गत कात्तिक २८ गते बडिगाड गाउँपालिका-३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला गाउँपालिका-४ का विभिन्न ठाउँबाट १२ थान, मंसिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक बनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मंसिर ११ गते ताराखोलाकै वडा नम्बर २ बाट नौ थान र वडा नम्बर ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताए। अवैध बन्दुक कसले र किन बेबारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

 

वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको सम्बन्धी जानकारी ।

Gepostet von Dpo Baglung am Donnerstag, 26. November 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell