PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए : १८८ डिस्चार्ज, ४ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए : १८८ डिस्चार्ज, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा शुक्रवार २२० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ९ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०/१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २/२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, मोरङको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५/५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६/६, रामधुनी र दुहवीमा १/१ जनामा संक्रमित भएका छन्।

त्यसैगरी, संखुवासभाको खाँदबारीमा ८, सभापोखरी र स्थानीयतह नखुलेका १/१, इलामको सुर्योदय र माईजोगमाईमा २/२, चुलाचुली र मांसेबुङमा १/१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको रौतामाईमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६७९ पुगेको छ।

प्रदेश १ मा शुक्रवार ९११ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ८९ महिला र १३१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार १८८ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट १७८, विराट मेडिकल कलेजबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र न्युरो अस्पतालबाट १/१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ६७९ पुगेको छ।

प्रदेश १ मा शुक्रवार ४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। झापामा एक महिला एक पुरुष र मोरङमा पनि एक महिला एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६५ पुगेको छ। जसमा ११५ महिला र २५० पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell