PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रचण्डका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक



पहिलोपोस्ट

प्रचण्डका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ सार्वजनिक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक भएको छ। प्रज्ञा स्मृति प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै पुस्तकबारे जानकारी दिएको हो।

विसं २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको सङ्ग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ।

पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने दाबी गरिएको छ। विज्ञप्तिमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका नजरमा प्रचण्ड पर्नु स्वभाविक भएको उल्लेख गरिएको छ।

‘महान जनयुद्धका सर्वोच्च कमाण्डर, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आर्किटेक्चर हुनुको नाताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजर अध्यक्ष कमरेड प्रचण्डमा पर्नु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell