PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

कात्तिक नाचमा सुनसान मंगलबजार, मध्यरातमा देखाइयो बराह अवतार

कात्तिक नाचमा सुनसान मंगलबजार, मध्यरातमा देखाइयो बराह अवतार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललिततपुर : मंगलबजारमा शुक्रवारबाट कात्तिक नाच सुरु भएको छ। अरु समय यो नाच हेर्न धेरै संख्यामा सर्वसाधरणहरु मंगलबजार पुग्ने गर्थे। तर यसपटक नाच भएको समयमा मंगलबजार क्षेत्रमा कसैलाई प्रवेश दिइएन।

सुरक्षा सतर्कता अपनाउँदै शुक्रवार राति बराह अवतार देखाइएको छ। शनिवार राति नरसिंह अवतार देखाएर यो वर्षको कात्तिक सम्पन्न हुनेछ।

नाच प्रदर्शन हुँदा डबलीमा अत्यावश्यकबाहेक अन्य कसैलाई प्रवेश नदिइने हुँदा सर्वसाधरणलाई भर्चुअल रुपमा नाच हेर्न आग्रह गरिएको छ।  नाचको प्रत्यक्ष प्रशारण नेपालमण्डल टेलिभिजन र झिगु कात्तिक नाच नामक फेसबुक पेजबाट हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell