PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रचण्डले नमानेपछि काउन्टर जवाफ दिन ओलीको पत्र तयार : सरकार ढलाउन लागेको आरोपदेखि जनयुद्धकालीन विषय समावेश



प्रकाश भण्डारी

प्रचण्डले नमानेपछि काउन्टर जवाफ दिन ओलीको पत्र तयार : सरकार ढलाउन लागेको आरोपदेखि जनयुद्धकालीन विषय समावेश

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको जवाफ कुरिरहेको छन्। शनिवार बस्ने तय भएको बैठकमा ओलीले प्रचण्डले कातिक २८ मा प्रस्तुत गरेको प्रस्तावको जवाफ दिदै छन्।

अब कसरी अगाडि बढ्ने भन्ने रणनीति ओली आजको बैठकमा कसरी प्रस्तुत हुन्छन् त्यसमा भर पर्ने प्रचण्ड नेपाल गुटको धारणा छ। मंसिर ३ को बैठकमा ओलीको जवाफ दिने निर्णयलाई सकारात्मक रुपमा हेरेको प्रचण्ड नेपाल समूह आज भने 'पर्ख र हेर'को रणनीतिमा छ।

कसरी प्रस्तुत होलान ओली?

प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले प्रचण्ड ओलीको जवाफ कुरिरहेको बताए। बाहिर कुनै सहमति नगर्ने र बैठकबाटै समस्याको समाधान खोज्ने अडानका कारण ओली समूहको लगातरको आग्रहपछि पनि प्रचण्ड भेटका लागि तयार भएन। सापकोटा बैठकमा ओलीको जवाफ कस्तो आउँछ भनेर प्रचण्ड प्रतीक्षामा रहेको बताउछन्। 'बैठकबाटै समाधान खोज्ने भनेर कतै भेटघाट गर्ने सम्भावना छैन। अर्का अध्यक्षको जवाफपछि नै थाहा हुन्छ होला अब के हुन्छ भन्ने,' उनले भने।

प्रचण्डलाई जवाफ दिन समय मागेका ओलीले प्रचण्ड विरुद्ध आक्रामक रणनीति तय गरेका छन्। प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न बाध्य पार्ने रणनीति असफल भएपछि उनलाई अब बैठकबाट कडा टक्कर दिइने यस समूहका नेताको धारणा छ।

कडा टक्कर दिन ओली तयार

ओली निकट मानिने नेता सुवास नेम्वाङले लगातरको प्रयासपछि पनि प्रचण्डलाई सहमतिमा ल्याउन नसकिएपछि अब ओलीको जवाफ पनि कडा नै हुने बताए। 'एकले आरोप लाएर टस मस नभएपछि अर्कोले पनि अब त्यही अनुसारको तयारी गरेको छ,' उनले भने।

ओली प्रचण्डका मंसिर ३ अघिका भेटवार्ता तिक्तता पूर्ण भएका थिए। पत्रमार्फत सवाल जवाफमा उत्रिएका यी दुई नेता पछिल्लो दिनमा आरोप प्रत्यारोपमा छन्। आजको बैठकमा पनि ओलिले प्रचण्डले आरोप लगाएजसरी नै प्रचण्डलाई आरोप लगाउँदै छन्। त्यसका लागि हिजो नै प्रस्तावले अन्तिम रुप पाएको बालुवाटार स्रोतले बतायो। प्रस्तावमा जनयुद्ध कालदेखि सरकार ढलाउन प्रचण्ड लागिपरेको लगायतका आरोप छन्।

जनुद्ध युद्धकालिन घटनामा मानवअधिकार हनन् गरेकोदेखि आफ्नै पार्टीको सरकार ढाल्न लागिपरेको लगायतका आरोप छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell