PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल–भारत सीमा खुलाउन माग गर्दै वीरगंज नाकामा धर्ना



राधेश्याम पटेल

नेपाल–भारत सीमा खुलाउन माग गर्दै वीरगंज नाकामा धर्ना

वीरगंज : नेपाल भारत सीमा खुलाउन वीरगंजका सचेत नागरिक समाजले धर्ना शुरु गरेको छ। शनिवार बिहानदेखि ९ बजेदेखि १० बजेसम्म धर्ना शुरु गरिएको हो।

नेपाल भारत खुल्ला संवाद समूहको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहभागितामा धर्ना शुरु गरिएको समूहका संयोजक कृष्ण पटेलले बताए।

उनका अनुसार नेपाल भारत सीमाबन्द हुदाँ दुबै देशका नागरिकलाई ठूलो व्यापार घाटा लागेको र साँस्कृतिक कार्य पनि गर्न समस्या भइरहेकाले यथाशीघ्र बोर्डर खुलोस् भन्ने चाहना यहाँका स्थानीयले राखेका छन्। जसपाका नेता शिव पटेलले सीमा बन्द हुदाँ दुबै क्षेत्रका व्यवसायी, होटल व्यवसायी, नागरिकको कारोबार चौपट भएको र विवाहको लागि पनि घरपरिवारले ठुलो सास्ती खेपेको बताए।

जबसम्म बोर्डर खुल्दैन तबसम्म धर्ना जारी राख्ने सहभागीहरुले बताएका छन्। वीरगंज भन्सार कार्यालय अगाडि पनि धर्ना भइरहेको छ। 'सीमाना खुल्ला गरौं', 'लकडाउन अवधिमा हरेक नागरिकलाई १० हजार भत्ता सरकारले उपलब्ध गराउनु पर्ने' जस्ता नारा धर्नामा लगाइएको छ। सीमा नखुलाएसम्म धर्ना जारी रहने उनीहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell