PahiloPost

May 14, 2025 | १ जेठ २०८२

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते, एक जनाको अवस्था गम्भीर



राधेश्याम पटेल

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते, एक जनाको अवस्था गम्भीर

वीरगंज : वीरगंज–पथलैया औद्योगिक कोरिडोरका सिमरा रहेको जगदम्बा स्टीलमा आज बिहान पौने १ बजे फलाम गलाउने भट्टी पडकिदाँदा दुई जना भारतीय र दुई जना नेपाली कामदार गरी घाइते भएका छन्।

घाइतेमध्ये सर्लाही सख्रौल गापा ६ का ४० वर्षिय विकेन्द्र यादवको अवस्था गम्भीर रहेको बारा प्रहरीले जनाएको छ। वीरगंजस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा यादवको उपचार भइरहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी गराएका छन्। उनका अनुसार सर्लाहीकै बरहथवा नपा ५ का २८ वर्षिय मुकेश साह समान्य घाइते भएका छन्। त्यसैगरी, भारत विहार मोतिहारीका २६ वर्षीय नइमुीन आलम, शिवान जिल्लाका ४५ वर्षीय जनकदेव यादव पनि घाइते भएका छन्।

बाँकी तीन जनाको तराई अस्पताल सिमरा र वीरगंज हेल्थकेयर हस्पिटल गण्डक बहुअरीमा उपचार भइरहेको छ। प्रहरी स्रोतका अनुसार उद्योगको फलाम गालाउने भट्टी पुरानो भएर उच्च तापक्रमको कारण विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell