PahiloPost

May 13, 2026 | ३० बैशाख २०८३

फेरि मर्‍यो गैडा, साउनयता १६ वटाको गइसक्यो ज्यान



रासस

फेरि मर्‍यो गैडा, साउनयता १६ वटाको गइसक्यो ज्यान
फाइल फोटो।

चितवन : चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ। बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो। सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए। चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ। सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो। चालू आर्थिक वर्षमा यससँगै १६ वटा गैँडा मरेका छन्। यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell