PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

काठमाडौंमा गुन्जियो ‘राजा आउ देश बचाउ’को नारा, राष्ट्रिय झण्डा बोकेर युवाहरु सडकमा

काठमाडौंमा गुन्जियो ‘राजा आउ देश बचाउ’को नारा, राष्ट्रिय झण्डा बोकेर युवाहरु सडकमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: राजतन्त्रको पक्षमा राजधानी काठमाडौंमा नाराबाजी र र्‍याली निकालिएको छ।

शाही युवा शक्तिको आयोजनामा र्‍यालीमा सहभागीहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए।

र्‍यालीमा प्रदीप राणा, पशुपति खड्कालगायत राजावादी नेता सहभागी थिए। युवाहरु नेपालको झण्डा लिएर मोटर साइकल तथा गाडीमा आएर राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए।

र्‍यालीका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। नेपाल प्रहरीका तीन/चार भ्यानले र्‍याली पछ्याएको थियो। र्‍याली ठमेल, सोह्रखुट्टे, दरबारमार्ग लगायत क्षेत्र परिक्रमा गरेको थियो। 

पछिल्लो समय देशभर राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा र्‍याली र प्रदर्शन भइरहेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell