PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रधानमन्त्रीले जवाफी प्रस्ताव प्रस्तुत गरेसँगै सकियो नेकपा सचिवालय बैठक, १६ गते फेरि बस्ने



पहिलोपोस्ट

प्रधानमन्त्रीले जवाफी प्रस्ताव प्रस्तुत गरेसँगै सकियो नेकपा सचिवालय बैठक, १६ गते फेरि बस्ने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिवार १ बजे सुरू भएको बैठक सकिएको हो।

बालुवाटारमा बसेको बैठकले फेरि १६ गते १ बजे बैठक बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए। 'दुईवटा प्रस्तावमाथि छलफल गरेर फेरि १६ गते १ बजे बस्ने निर्णय भएको छ,' श्रेष्ठले भने, ‘स्थायी कमिटी र केन्द्रिय कमिटीबाट समाधान निकालिने छ।'

आजको बैठकमा कातिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको अर्का अध्यक्ष केपी ओलीले जवाफ दिएका हुन्। बैठकमा ओलीसहित प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमले धारणा राखेका थिए।

मंसिर ३ को सचिवालय बैठकले ओलीलाई जवाफका लागि १० दिनको समय दिएको थियो। सहमति गरेर प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने अडान ओलीले राखे पनि प्रचण्ड सहमत नभएपछि नेकपा भित्रको बिबाद चुलिएको छ।

प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूह बैठकबाटै समस्याको समाधान खोज्ने अडानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell