PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ठूलो परिमाणको अलैचीसहित एक जना पक्राउ



रासस

ठूलो परिमाणको अलैचीसहित एक जना पक्राउ

लहान : सिरहाको कर्जन्हा नगरपालिका-३ बन्दीपुरबाट प्रहरीले अलैचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवालले जानकारी दिए।

ग्रिन डायमण्ड एण्ड एग्रीकल्चर फार्म एण्ड रिसर्च सेन्टर प्रालि मादी-८ कास्कीको नाममा १० क्विन्टल अलैची र पाँच लाख रुपैयाँ राजश्व तिरेको बील रहेकामा मिनीट्रकमा ३० क्विन्टल अलैची भेटिएकाले अनुसन्धानका लागि मिनीट्रक र त्यसका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका-५ का ३१ वर्षीय सुजन परियारलाई नियन्त्रणमा लिएको उनले बताए।

नियन्त्रणमा लिएको अलैचीसहित मिनीट्रक र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell