PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

‘समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण’ : मन्त्री फुयाँल



पहिलोपोस्ट

‘समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण’ : मन्त्री फुयाँल

काठमाडौं :  वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताएका छन्। शनिवार अभिनव साहित्य समाजद्वारा आयोजित पुरस्कार वितरण समारोहमा मन्त्री फुयाँलले साहित्यको विकासका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए।

साहित्यसँगसँगै कला र संस्कृतिको विकास विना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको उनको भनाइ रह्यो। भने,’साहित्यलाई उत्पादनमुखी बनाउनुपर्ने छ।‘

कार्यक्रममा मन्त्री फुयाँलले हरि अभिनव पु्रस्कार २०७७ साहित्य तथा चलचित्र क्षेत्रमा योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरे। पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ। साहित्यकारहरु विष्णु प्रभात, विजय चालिसे लगायतले साहित्य तथा चलचित्रको क्षेत्रमा श्रेष्ठको योगदानको चर्चा गरे।

अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष घनश्याम प्रसाई, सदस्य विमल अर्याल लगायतले समाजका गतिविधिबारे चर्चा गरेका थिए। वरिष्ठ पण्डित तथा ज्योतिष स्वर्गिय हरिप्रसाद घिमिरको स्मृतिमा समाजले २०७४ सालदेखि हरि अभिनव पु्रस्कार प्रदान गर्दै आएको छ। हालसम्म यो पुरस्कारबाट भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा, साहित्य सेवी रमा शर्मा पुरस्कृत भइसक्नु भएका छन्।

शनिवार नै साहित्य समाजको वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ। नयाँ कार्य समितिको अध्यक्षमा वेदमणि घिमिरे गोविन्द, उपाध्यक्षमा विमल अर्याल, सचिवमा परशुराम पराजुली पराशर, कोषाध्यक्षमा घनश्याम प्रसाई, सहसचिवमा मेनका आचार्य र सहकोषाध्यक्षमा शारदा पराजुली रहेका छन्। सदस्यहरुमा सुमन पुडासैनी, विन्दा खतिवडा र आलोक चालिसे छन्।

२०५८ सालमा स्थापित समाजले प्रत्येक महिनाको अन्तिम शनिवार विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell