PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश १ मा १८० संक्रमित थपिए : ८४ जना डिस्चार्ज, ३ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा १८० संक्रमित थपिए : ८४ जना डिस्चार्ज, ३ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा शनिवार १८० जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका १० जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २/२, भोक्राहानरसिंहमा १ जना संक्रमित थपिएका छन्।

त्यस्तै, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बाह्रदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४/४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २/२, केराबारी, रंगेली र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको छ।

यता इलामको सुर्योदयमा १४, इलाम नगरपालिका, देउमाई र चुलाचुलीमा १/१, पाँचथरको फिदिममा ४, मिक्लाजुङ र स्थानीय तह नखुलेको १/१, धनकुटाको धनकुटा नगरपालिकामा ४, उदयपुरको त्रियुगा र वेलकामा १/१, ताप्लेजुङको फुङलिङ, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका १० जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिवार ७७३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६८ महिला र ११२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ८९ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २६ हजार ८५९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिवार ८४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होमआईसोलेसनका रहेका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २१ ह्जार ७६२ पुगेको छ।

त्यसो त प्रदेश १ मा ३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टाभित्र मोरङका ३ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell