PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

छोटेलाल प्रसाद साहको भोजपुरी उपन्यास ‘रहस्य के गेठरी’को विमोचन



राधेश्याम पटेल

छोटेलाल प्रसाद साहको भोजपुरी उपन्यास ‘रहस्य के गेठरी’को विमोचन

वीरगंज : छोटेलालप्रसाद साहको भोजपुरी भाषाको उपन्यास ‘रहस्य के गेठरी’ शनिवार एक समारोहका बीच विमोचन गरिएको छ। उपन्यासकार गोपाल अस्कले उक्त कृतिको विमोचन गरेका हुन्।

रेडियो वीरगंज परिसरमा आयोजित कार्यक्रममा ऐतिहासिक सामाजिक उपन्यास ‘रहस्य के गेठरी’ विमोचन गरिएको हो। शुरुमा एक हजार प्रति छापिएको पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ।

उपन्यासका लेखक छोटेलाल प्रसाद साह पूर्व निजामति सेवाको नायब सुब्बा पदबाट अवकास प्राप्त भई हाल साहित्य जीवनमा सक्रिय छन्। उनले २०३६ सालदेखि साहित्यमा कलम चलाउँदै आएका छन् भने उनका २ वटा कृति प्रकाशित भइसकेको छ।

कार्यक्रममा भोजपुरीका प्राध्यापक डा विश्वम्भर शर्मा, भोजपुरी एकेडेमी कलैयाका संस्थापक रामप्रसाद साह, लेखक प्रमोदकुमार पाण्डे, अजमत अलि, रितुराज, विनोद तिमिल्सिना, डा विकाउ गिरीलगायतको सहभागिता थियो। ग्रामिण जनजीवनलाई समान्य कथावस्तुमा समेटिएको यो उपन्यासले भोजपुरी साहित्य पारखीहरुको मन छुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell