PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कंगना रनौतको पक्षमा उच्च अदालतको फैसला



पहिलोपोस्ट

कंगना रनौतको पक्षमा उच्च अदालतको फैसला

मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनौतको पक्षमा निर्णय गरेको छ। अदालतले रनौतको बंगलाको भाग भत्काउने मुम्बई महानगरपालिकाको आदेश रद्द गरिदिएको हो।

बीबीसी हिन्दीका अनुसार उक्त आदेश दुर्भावनाबाट प्रेरित भएको र अभिनेत्रीलाई नोक्सान पुर्‍याउने उद्देश्य रहेको बताइएको छ।

बीएमसीले घरको केही भाग गैरकानूनी हिसाबले बनाइएको आरोप लगाएपछि भत्काउने आदेश दिएको थियो। कंगनाले उक्त आदेशलाई चुनौती दिँदै अदालतमा याचना पत्र बुझाएकी थिइन्।

महानगरपालिकाले गत सेप्टेम्बर ९ मा पाली हिल्स इलाकामा रहेको कंगनाको बंगलाको एक भागमा डोजर चलाएको थियो। घटनामाथि फैसला सुनाउँदै दुई न्यायाधीशले भने – उक्त कारवाही अनाधिकृत  थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell