PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बराबरीमा रोकियो लिभरपुल



पहिलोपोस्ट

बराबरीमा रोकियो लिभरपुल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर लिभरपुल ब्राइटोनसँग बराबरीमा रोकिएको छ। फाल्मर स्टेडियममा भएको खेलमा लिभरपुल घरेलु टोली ब्राइटोनसँग १-१ को बराबरीमा रोकिएको हो।

ब्राइटोनले खेलको २० औं मिनेटमै पाएको पेनाल्टीको अवसरमा चुकेको थियो। ब्राइटोनका निल मौपेले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो।

दोस्रो हाफमा लिभरपुलले अग्रता बनायो। खेलको ६० औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै डिओगो जोटाले टिमलाई अग्रता दिलाए। तर खेलको अतिरिक्त समयमा आएर ब्राइटोनले फेरि पेनाल्टीको अवसर पायो। यसपटक पास्कल ग्रोबले अवसरको सदुपयोग गर्दै गोल गरे। र, खेल १-१ को बराबरीमा टुंगियो।

बराबरीका बावजुत लिभरपुल अंकतालिकाको शीर्षस्थानमा छ। लिभरपुलले १० खेलबाट २१ अंक बनाएको छ भने समान खेल खेलेको ब्राइटोन १० अंकसहित १६ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell