काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समितिका लागि शनिबार भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मत गणना सकिएको छ।
खसेको कुल १०५ मतमध्ये २ मत बदर भएको थियो भने सदर १०३ मतका आधारमा चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट सात जना सदस्यमा विजयी भएका छन्।
यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहबाट पनि सातै जना सदस्यमा आएका हुन्।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ अन्तर्गत रहेका अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्।
ढकाल समूहका उपाध्यक्ष उमेशलाल अन्तर्गत रहेका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन्।
वस्तुगत उपाध्यक्षको मतगणना पनि शनिबार राति नै हुने जनाइएको छ।
