PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

एफएनसीसीआईको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित



पहिलोपोस्ट

एफएनसीसीआईको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन्। उनी किशोरकुमार प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा चुनाब लडेका थिए। उनले ६२ मत पाएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ थिए। उनले ३७ मत पाएका छन्। उमेश चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए। अञ्जन करिब डेढ दशकदेखि महासंघमा सक्रिय छन्। उनले १६ वर्ष महासंघको कार्यसमितिदेखि विभिन्न समितिमा रहेर काम गरिसकेका छन्।

उद्योग समितिको सभापति, दुई कार्यकाल राजस्व समितिको सह-सभापति भएर र करिब नौ वर्ष रोजगारदाता परिषद्को सदस्य भएर श्रेष्ठले काम गरेका छन्। उनी लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell