PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घरेलु मैदानमा रियल मड्रिड पराजित



पहिलोपोस्ट

घरेलु मैदानमा रियल मड्रिड पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड अलाभेससँग पराजित भएको छ। स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २-१ गोल अन्तरले पराजित भएको हो।

खेलको पाँचौं मिनेटमै अलाभेसले खेलमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुकास पेरेजले अलाभेसलाई अग्रता दिलाए। उता मड्रिडका इडेन हजार्ड खेलको २८ औं मिनेटमा खुट्टामा चोट लागेपछि बाहिरिएका थिए। पहिलो हाफमा मड्रिड एक गोलले पछि रह्यो।

दोस्रो हाफमा अलाभेसका लागि जेसेलुले गोल थपे। उनले ४९ मिनेटमा गोल गरेका थिए। यता घरेलु टोलीका लागि ८६ औं मिनेटमा कासेमिरोले सान्त्वना गोल फर्काए।

जितसँगै अलाभेस ११ खेलबाट १३ अंक बनाउँदै अंकतालिककाको १३ औं स्थानमा उक्लिएको छ। उता १० खेलबाट १७ अंक बनाएको रियल मड्रिड अंकतालिकाको चौथो स्थानमा छ। तालिकाको शीर्ष दुई स्थानमा समान २३ अंक जोडेका रियल सोसिडाड र एट्लेटिको मड्रिड क्रमश छन् भने तेस्रो स्थानमा १९ अंक जोडेको भिल्ला रियल छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell