PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

म्यानचेस्टर सिटीको सानदार जितमा महरेजको ह्याट्रिक



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सानदार जितमा महरेजको ह्याट्रिक

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सानदार जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले बर्नलीमाथि ५-० को रफाफिलो जित निकालेको हो।

सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गर्दा बेन्जामिन मेन्डी र फेरान टोरेसले समाने १/१ गोल गरे।

सिटीका लागि महरेजले खेलको छैटौं मिनेटमै केभिन डी ब्रुइनको पासमा गोल गर्दै अग्रता बनाएका थिए। त्यस्तै २२ औं मिनेटमा महरेजले नै अग्रता दोब्बर बनाए। त्यस्तै डी ब्रुइनकै क्रसमा मेन्डीले ४१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा सिटी ३ गोलले अघि रह्यो।

दोस्रो हाफमा सिटीका लागि टोरेसले अर्को गोल थपे। उनले ६६ औं मिनेटमा गाब्रियल जिससको पासमा गोल गरे। त्यसको तीन मिनेटभित्रै महरेजले आफ्नो ह्याट्रिक पुरा गरे। खेलको ६९ मिनेटमा उनले फिल फोडेनको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीले ५-० को सानदार जित हात पार्‍यो।

जितसँगै सिटी अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ। ९ खेल खेलेको सिटीको १५ अंक छ। उता बर्नली भने ९ खेलबाट ५ अंक जोड्दै रेलिगेसन जोनमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell