PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राखेपले आज १३ औं सागको हिसाब सार्वजनिक गर्ने



पहिलोपोस्ट

राखेपले आज १३ औं सागको हिसाब सार्वजनिक गर्ने

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आज गतवर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदको हिसाब सार्वजनिक गर्ने भएको छ। आज दिउँसो १ बजे परिषदले सागको हिसाब सार्वजनिक गर्ने जनाएको हो।

साग सकिएको तीन महिनाभित्र सागको हिसाव सार्वजनिक गर्ने सदस्यसचिव सिलवालले दाबी गरेका भए पनि एक वर्षपछि आएर उनले हिसाब सार्वजनिक गर्न लागेका हुन्।

साग पछि खेलकुद विकास ऐन आएपछि केही समय राखेपमा सदस्यसचिव लगायतको पद रिक्त भएको थियो। र, पछि सिलवाल नै सदस्यसचिवका रुपमा मनोनित भएका थिए। दक्षिण एसियाली खेलकुद साग सफलताका साथ सम्पन्न गरेको जस लिएका सिलवाल अघिल्लो वर्ष असार महिनामा पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका थिए।

पछिल्लो समय सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता भएको भनेर छानविन समितिले राखेपलाई प्रतिवेदनसमेत बुझाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell