PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री वेइ



पहिलोपोस्ट

नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री वेइ

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर वेइ फङ्ह नेपाल आइपुगेका छन्। एक दिने नेपालको औपचारिक भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री तथा चिनियाँ सैन्य आयोगका सदस्यसमेत रहेका वेइ नेपाल आइपुगेका हुन्।

त्रिभुवन विमानस्थलबाट उनी बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन्। त्यहाँ केहीसमय आराम गरेर उनी जंगीअड्डामा पुग्ने कार्यक्रम रहेको छ। दिउँसो दुई बजे जंगीअड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले प्रधामन्त्रीसँग भेट गर्ने छन्। सोही क्रममा नेपाली सेनाको प्रधानसेनापति नेतृत्वको टोली र चिनियाँ टोलीबीच द्विपक्षीय छलफल हुने कार्यक्रम रहेको छ।

चिनियाँ रक्षामन्त्री वेइले बालुवाटरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र शितलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

उनी आजै नेपाल छाड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell