PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउन ६ संघ-संस्‍थाको माग



पहिलोपोस्ट

फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउन ६ संघ-संस्‍थाको माग

काठमाडौं : कोभिड-१९ का कारण ठप्प फिल्‍म क्षेत्रलाई चलायमान बनाउनका पहल सुरु भएको छ। त्यसका लागि फिल्म क्षेत्रसँग सम्बन्धित ६ वटा संघ संस्थाहरूले एकजुट भएर अघि बढ्ने जानकारी दिए।

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द संघ तथा जनजाति चलचित्र महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई दवाव दिने जानकारी गराए।

जारी विज्ञप्तिमा कोभिड–१९ नियन्त्रणका लागि चैत ११ गतेदेखिको जारी भएको लकडाउका कारण फिल्म क्षेत्र सर्वाधिक प्रभावित भएको र त्यसका कारण फिल्म क्षेत्रमा आश्रित हजारौं पेशाकर्मी बेरोजगार भएको जनाइएको छ। रोजगारी नहुँदा प्रभावित पेशाकर्मीको जीवनयापन कठिन बनेको छ।


लेखिएको छ, 'फिल्मका प्रदर्शकहरूको अवस्था झन् गम्भीर भएको छ। विगतमा फिल्म क्षेत्रका विभिन्न संघ–संस्था र चलचित्र विकास बोर्डले राहत उपलब्ध गराएको भए पनि फिल्म क्षेत्रको उत्थानका लागि दीर्घकालिन समाधान भनेको क्षेत्र चलायमान हुनु नै हो। अन्य क्षेत्रहरु चलायमान भए जस्तै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डको अधिनमा रही चलचित्र क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो।' 

मापदण्डको पालना गरी फिल्म छायांकन र प्रदर्शन हुनुपर्नेमा जोड दिइएको छ। जसका लागि फिल्म क्षेत्रका संघ–संस्थाहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको जनाइएको छ।

यसअघि फिल्मसँग सम्बन्धित संघसंस्थाले सञ्चार तथा सूचना मन्त्रीलाई भेटी फिल्म क्षेत्रमा संघ–संस्था सम्मिलित प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो।

सरकार फिल्म क्षेत्र खुलाउन सकरात्मक देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। फिल्म क्षेत्र बन्द हुँदा चलचित्र विकास बोर्डको आम्दानीको स्रोत नै बन्द रहेको र बोर्डले चाहेर पनि फिल्मकर्मीलाई आर्थिक तथा राहत दिन नसक्ने भनिएको छ। सरकारसँग फिल्मकर्मी बचाउन तथा पलायन हुनबाट रोक्नका लागि आवश्यक आर्थिक राहत प्याकेजको व्यवस्था गर्न माग गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell