PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

नेपाल र चीनबीच सैन्य साझेदारीका विषयमा द्विपक्षीय छलफल हुँदै, यस्ता छन् एजेण्डा



पहिलोपोस्ट

नेपाल र चीनबीच सैन्य साझेदारीका विषयमा द्विपक्षीय छलफल हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं : काठमाडौं नेपाल र चीनबीच सैन्य अधिकारीबीच द्वीपक्षीय छलफल हुँदैछ। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर एवम् रक्षामन्त्री वेइ फङ्हको प्रतिनिधिमण्डल र नेपाली सेनाको टोलीबीच द्वीपक्षीय छलफल हुन लागेको हो।

मुख्यगरी भेटमा दुई देशबीचको सैन्य साझेदारीको विषयमा छलफल हुने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। दुई देशबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास लगायतका सैन्य तालिमहरुको निरन्तरताको विषयमा छलफल हुनेछ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास 'सगरमाथा फ्रेण्डसीप' कोभिड-१९ का कारण हुन सकेको छैन। त्यस्तै, अन्य सैन्य तालिमहरुको विषयमा पनि छलफल हुने उनले जानकारी दिए।

त्यस्तै, दुई देशबीच सैन्य साझेदारी अन्तर्गत चीनले नेपाललाई दिने भनेको दुई अर्ब ४० करोड बराबरको सहयोगको विषयमा समेत छलफल हुनेछ। २०१९ मा दुई देशबीच सो सहमति भएको थियो। हालसम्म सो सहयोग नेपाली सेनाले पाउन सकेको छैन।

द्वीपक्षीय छलफल अगाडि नेपाली सेनाको टुकडीले गार्ड अफ अनर प्रदान गर्नेछ। त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षामन्त्री वेइबीच शिष्टाचार भेट हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell