PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अस्ट्रेलियाको सिड्नीमा बढ्यो तातो, समुन्द्री किनारमा मानिसको भिड, आगलागीको त्रास पनि उत्तिकै



पहिलोपोस्ट

अस्ट्रेलियाको सिड्नीमा बढ्यो तातो, समुन्द्री किनारमा मानिसको भिड, आगलागीको त्रास पनि उत्तिकै
EPA

अस्ट्रेलियाको सिड्नीमा रातिको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ। जसका आधारमा आइतवार ४० डिग्री सेल्सियस तापक्रम हुने प्रक्षेपण गरिएको छ।

रात्रीकालीन न्युनतम तापक्रम २५.४ सेल्सियस रेकर्ड भएको छ। 

तापक्रमको यो तथ्याङ्कसँगै न्यु साउथ वेल्समा फायर सर्भिसलाई सतर्क अवस्थामा रहन भनिएको छ। उनीहरु सम्भावित आगलागी र

त्यसबाट हुनसक्ने क्षति जोगाउनुपर्ने जिम्मेवारीमा छन्। यो सिजनमा अग्नि नियन्त्रकहरु चर्को दवावमा हुने गर्छन्। 

अस्ट्रेलियाका अन्य भागमा पनि तापक्रम बढ्दो क्रममा रहेको छ। दक्षिण अस्ट्रेलिया र भिक्टोरियामा तापमान यही रफ्तारमा बढेको छ।

झाडीहरुमा आगलागी हुने सिजनका रुपमा पनि यतिखेरको समयलाई लिइन्छ जुन असाध्यै भयावहपूर्ण पनि हुनसक्छ। गत वर्ष र यस वर्षको सुरुवातमा यस्तै आगलागीले २ करोड ४० लाख हेक्टर क्षेत्रफलमा आगो लागेको थियो। उक्त आगलागीले अस्ट्रेलियाका सबै राज्यहरु प्रभावित भएका थिए। आगलागीमा परेर ३ हजार घर ध्वस्त भयो भने करिब ३ अर्ब जनाव मारिए या विस्थापित हुन पुगे। ३३ जना मानिसले पनि आगोका कारण ज्यान गुमाए।

सिड्नीको तापक्रम बिहान ४:३० बजे नै ३० डिग्री सेल्सियसमा उक्लिसकेको सिड्नी मर्निङ हेराल्डले प्रकाशित गरेको छ।

सन् १९६७ मा त्यहाँ रात्रिकालीन न्युनतम तापक्रम २४.८ सेल्सियस रेकर्ड भएको थियो। 

सिड्नीबाट प्राप्त तस्बिरहरुमा मानिसहरुको भिड समुन्द्री किनाराहरुमा लागेको देखिन्छ। कोरोना भाइरसको जोखिमकै बीच पनि मानिसहरुको भिडले अर्कोखाले त्रास पनि फैलाइरहेको छ।

त्यहाँको मौसम विभागले आगामी पाँच अथवा छ दिनमा तापक्रम अत्याधिक बढ्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell