PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

हरिद्वारका सीमाजति 'सिल', कार्तिक पूर्णिमामा तीर्थालु आउने त्रास



पहिलोपोस्ट

हरिद्वारका सीमाजति 'सिल', कार्तिक पूर्णिमामा तीर्थालु आउने त्रास

कार्तिक पूर्णिमामा स्नानका लागि मानिसहरु आउने भएकाले हरिद्वारका सीमा बन्द गरिएको छ। आज र भोलि हरिद्वारका सीमा भक्तजनहरुका लागि पूर्णरुपमा सिल गरिएको टाइम्सअफ इन्डियाले जनाएको छ।

कार्तिक पूर्णिमामा गंगा स्नानका लागिमा धेरै संख्यामा भक्तहरु हरिद्वार आउने गर्छन्।

भारतमा कोरोना भाइरस संक्रमणका कारण तीर्थस्थलहरुमा भिड नियन्त्रण गर्न कठिन हुने देखिएकाले यस्तो निर्णय भएको हो। उत्तराखण्ड सरकारले स्नानका लागि आउने मानिसहरुलाई रोकेर कोभिड १९ को जोखिम कम गर्न खोजेको हो।

भारतमा ९३ लाख ९२ हजारभन्दा धेरै मानिसलाई कोभिड १९ को संक्रमण भइसकेको छ। कोरोना भाइरसको दोस्रो वेभ आउने त्राससँगै धार्मिक क्षेत्रको भिडभाड रोक्ने प्रयास हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell