PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

१३ औं सागको हिसाब सार्वजनिक, सदस्यसचिव सिलवाल भन्छन: पूर्वाधारमा धेरै खर्च हुनु स्वभाविक



पहिलोपोस्ट

१३ औं सागको हिसाब सार्वजनिक, सदस्यसचिव सिलवाल भन्छन: पूर्वाधारमा धेरै खर्च हुनु स्वभाविक

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद सागको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हिसाब सार्वजनिक गरेको छ। आज परिषद परिषरमा पत्रकार सम्मेलन गर्दै सदस्यसचिव सिलवालले सागको हिसाब सार्वजनिक गरेका हुन्।

राखेपको विवरण अनुसार नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० तथा सहभागी राष्ट्रबाट प्राप्त ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ गरि कुल १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको बताइएको छ।

सो रकममध्ये १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँको विवरण राखेपले दिएको छ भने ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ बैङ्क मौज्दाद रहेको जनाएको छ। त्यस्तै १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ फ्रिज भएको जनाएको छ।

त्यस्तै पूर्वाधारतर्फ विभिन्न ११ आयोजना स्थलमा गरी १ अर्ब ७५ करोड ७५ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ खर्च भएको राखेपले जनाएको छ।

पूर्वाधारतर्फ बढी खर्च हुनुलाई सिलवालले स्वभाविक भन्दै सागकै लागि भए पनि अन्तर्राष्ट्रिय स्तरको संरचनाहरु बनिएको दाबी गरे।

'जति ठूलो, राम्रो र सुविधा सम्पन्न संरचना त्यति नै बढी खर्च।' सिलवालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell