PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट
फोटो: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्ह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ।

आजै बिहान नेपाल आइपुगेका वेइ दिउसो नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुगेका थिए। त्यहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले वेइसँग शिष्टाचार भेट गरेका थिए।

वेइ नेतृत्वको टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डल टोली र नेपाली सेनाको प्रतिनिधि टोलीबीच द्विपक्षीय छलफल भएको थियो।

लगत्तै रक्षामन्त्री वेइ बालुवाटारमा पुगेका थिए। बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।

वेइ आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरी काठमाडौं छाड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell